सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग गर्न सरकारको अपिल

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग गर्न सरकारको अपिल

48
Shares
48
Shares

काठमाडौँ – सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, व्यवस्थापन तथा दीर्घकालीन पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्न सम्पूर्णमा अपिल गरेको छ।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रह गर्दै उद्धार कोषका ८ वटा र राहत कोषको १ वटा बैंक खाताको विवरण समेत सार्वजनिक गरेको छ ।

यसअघि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पीडितका नाममा स्वच्छन्द वा अनधिकृत रूपमा सहयोग सङ्कलन नगर्न तथा नगराउन आग्रह गरिसकेको छ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend