काठमाडौँ – रसुवा लगायतका जिल्लामा आएको बाढीका कारण हालसम्म कम्तीमा ९५ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्टि गरेको छ।
बुधवार साँझ जारी गरिएको विज्ञप्तिमा नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरी बलका १३ जना गरी जम्मा ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएको जानकारी दिइएको छ।
यसै गरी, उक्त विज्ञप्तिमा ३९१ जना विदेशी नागरिक र ९३ जना कर्मचारीहरू समेत सम्पर्कविहीन रहेको उल्लेख गरिएको छ । मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य अहिले पनि तीव्र रूपमा जारी रहेको सरकारले जनाएको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend