सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

34
Shares
34
Shares

काठमाडौँ । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले श्रेष्ठलाई धरपकड, पक्राउ वा थुनामा राख्ने कार्य नगर्न आदेश दिएको हो । यसअघि सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका श्रेष्ठलाई उपसभामुख रूवी कुमारी ठाकुरको उजुरीका आधारमा प्रहरीले पुनः पक्राउ गर्न खोजेको थियो । श्रेष्ठले दायर गरेको निषेधाज्ञासम्बन्धी निवेदनको अन्तिम टुंगो नलागेसम्म उनलाई पक्राउ नगर्न अदालतले आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, “निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राख्नेलगायतका कार्य नगर्नू, नगराउनू।”

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend