काठमाडौँ । लामो समयदेखि प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहँदै आएका प्रधानमन्त्री बालेन्द्र शाह अब संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने तयारीमा छन्।
सभामुख डोलप्रसाद अर्यालले सदनमा उपस्थित हुन रुलिङ गरेपछि प्रधानमन्त्री शाह आगामी भदौ १० गते प्रतिनिधिसभा बैठकमा सहभागी हुने भएका हुन्।
प्रधानमन्त्री सदनमा नियमित उपस्थित नभएको र नेपाल–भारतसम्बन्धी विवादित अभिव्यक्तिबारे जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आलोचना गर्दै आएका छन्। सभामुखले पटक–पटक आग्रह गर्दा पनि उपस्थिति नभएपछि मंगलबार औपचारिक रूपमा रुलिङ गरेका हुन्।
प्रधानमन्त्री शाहले यसअघि जेठ १७ गते प्रतिनिधिसभामा सम्बोधन गरेका थिए। त्यसपछि असार ३० गते संसद् भवन पुगे पनि उनी बैठकमा सम्बोधन नगरी बाहिरिएका थिए।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend