बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

महाकाव्यकार खेमनाथ दाहालको “बुद्धको देश नेपाल” गीत विमोचन

महाकाव्यकार खेमनाथ दाहालको “बुद्धको देश नेपाल” गीत विमोचन

174
Shares
174
Shares

काठमाडौँ – महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावना बोकेको गीत “बुद्धको देश नेपाल” को विमोचन भएको छ। काठमाडौँमा आइतबार भएको एक विशेष कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा. डा. कुलप्रसाद कोइराला र हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहालको उपस्थितिमा यस गीतको भिडियो सार्वजनिक गरिएको हो।

संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत दाहालको “श्वेतपत्र” महाकाव्यबाट लिइएको हो। राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयन र प्रकाश मिश्रको सम्पादनमा रेकर्ड गरिएको यस गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाल देखिएका छन्।

कार्यक्रममा उपस्थित विद्वान्, साहित्यकार र संगीतकारहरूले यस गीतलाई साहित्य र संगीतको सुन्दर संयोजन बताए। महाकाव्यकार दाहालले “श्वेतपत्र” लेख्दा अनुभव गरेका रोचक अनुभवहरू साझा गरे।

यस अवसरमा साहित्यकार, कलाकार, पत्रकार र सांस्कृतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। गीत सन्तोष श्रेष्ठको युट्युब च्यानलमार्फत उपलब्ध छ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend