बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

बाल्टीमोरमा श्रद्धापूर्वक मनाइयो भगवान् बुद्धको महातिथि ‘साकादावा’

बाल्टीमोरमा श्रद्धापूर्वक मनाइयो भगवान् बुद्धको महातिथि ‘साकादावा’

53
Shares
53
Shares

बाल्टीमोर (अमेरिका) — भगवान् गौतम बुद्धको महातिथि ‘साकादावा’ अमेरिकाको म्यारिल्याण्डस्थित हिन्दु–बुद्ध मन्दिर, बाल्टीमोरमा श्रद्धापुर्वक मनाइएको छ । मे ३१ आइतबार आयोजित कार्यक्रममा नेपालबाट आउनुभएका बौद्ध धर्मगुरु रिन्पोक्षे न्हिमा तामाङको विशेष प्रवचन रहेको थियो। भर्जिनिया र म्यारिल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूले दिनभर पूजा, आराधना तथा प्रार्थनामा सहभागी हुँदै अन्त्यमा १०८ दीप प्रज्वलन गरेर साकादावा पर्व मनाएका थिए।

कार्यक्रममा रिन्पोक्षे न्हिमा तामाङ र धर्मगुरु पंकज गौचनद्वारा दिनभर बौद्ध धर्मग्रन्थ वाचन गरिएको थियो। समारोहको सञ्चालन संगिता मगरले गरेकी थिइन् । राजधानी वासिङ्टन डिसी क्षेत्रको सक्रिय संस्था तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टनको संयोजकत्वमा बाल्टीमोर तमु समाज, थकाली समाज र मगर समाजको सहभागितामा कार्यक्रम आयोजना गरिएको हिन्दु–बुद्ध मन्दिरका सचिव तरुण पौडेलले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूका लागि बिहान चियापान तथा नास्ता र दिउँसो भोजनको व्यवस्था गरिएको थियो । कार्यक्रम संयोजक निमा मोक्तान, म्याक्स ब्लोन, कुल गुरुङ, तामाङ सोसाइटीका कार्यवाहक अध्यक्ष देव लामा तथा पूर्वअध्यक्ष उत्तर लामाले मन्दिर व्यवस्थापन समिति र कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरेका थिए।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend