काठमाडौँ । सिंगापुरमा जारी एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत चीनविरुद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरेका छन्।
आइतबार बिहान सम्पन्न खेलमा भुर्तेलले नवौँ ओभरमा सबै ६ बललाई सीमा पार पठाउँदै दुर्लभ उपलब्धि हासिल गरेका हुन्। यससँगै उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो क्रिकेटर बनेका छन्।

यसअघि नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२३ मा आयोजित एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलको अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गर्दै इतिहास रचेका थिए।
भुर्तेलको विस्फोटक ब्याटिङले नेपाललाई बलियो अवस्थामा पुर्याएको छ भने उनको यो प्रदर्शन नेपाली क्रिकेट इतिहासका स्मरणीय क्षणहरूमध्ये एक बनेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend