काठमाडौँ — सिक्किम निवासी गायिका शीतल क्षेत्रीले आफ्नो पहिलो गीत ‘किन किन’ सार्वजनिक गरेकी छन्। प्रेममा पर्दा मनमा उत्पन्न हुने कौतूहल र आत्मविश्वासलाई समेटिएको यो भिडियो शीतलको आफ्नै आधिकारिक युट्युब च्यानलबाट बजारमा आएको हो।
यस प्रेमिल गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ भने विश्व अधिकारीले संगीत संयोजन गरेका छन्। गीतमा शीतललाई सुवेक्षा बराइली ले कोरसमा साथ दिएकी छन्।
भिडियोमा गायिका शीतल स्वयं नै मुख्य भूमिकामा प्रस्तुत भएकी छन्। उनलाई अभिनय र कोरियोग्राफीमा रोशन विश्वकर्मा ले साथ दिएका छन्। भिडियोभित्र शीतलको सौन्दर्यलाई गुलाब, बादल र मुस्कुराउँदो फूलसँग तुलना गर्दै दृश्यहरूलाई काव्यिक बनाइएको छ।
भिडियोको निर्देशन अर्जुन तिवारीले गरेका हुन्, जसमा निर्माण पक्ष निकै स्तरीय देखिएको छ। सार्वजनिक भएको छोटो समयमै यो भिडियोले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। गायिका क्षेत्री ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ समेत सहभागी भएकी थिईन।
यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend