धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आगामी ८४ को निर्वाचनमा आफ्नो विचारलाई जिताउन फेरि एकचोटि आग्रह गरेका छन् । उनले ८४ मा जितेर प्रहरी र अदालतलाई राजनीतिक दखलबाट मुक्त राख्ने बताएका छन् । साथै, उनले सरकारको जिउँदो पुतला नबनाई राज्यको मजबुत आधार बनाउने बचन दिएका छन् ।
सोशल मिडियामा उनले लेखेका छन् – “हामी सरकारको पुतला होइन, राज्यको मजबुत आधार बनाउँछौं ! हाम्रो विचार नजिताए रोएर बस्नु पर्ने !” भनेका छन । मेयर सम्पाङले आफ्नो विचार र आफूलाई ८४ मा जिताउन बारम्बार निवेदन गरिरहेका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend