काठमाडौँ । मधेस प्रदेशका पुर्व प्रमुख राजेश झा (अहिराज) विरुद्ध काठमाडौँ अदालतमा बलात्कारको मुद्दा दर्ता भएको छ । उनलाई साउन ४ मा प्रहरीले पक्राउ गरेको थियो ।
२३ वर्षीय एक युवतीले अहिराजले उनलाई बानेश्वरमा आफ्नो डेरामा बलात्कार गरेको आरोप लगाएकी छन् । उनको भनाइ अनुसार, अहिराजले जेठ ४ मा उनी एक्लै बसेको बेला उनको घाँटी र मुख थिचेर बलात्कार गरे ।
युवतीले प्रहरीमा दिएको बयानमा भनेकी छन्, “उनले मलाई धम्काएर भने, ‘चिच्याउने गरे तेरो बेइज्जत हुनेछ ।’ उनले मेरो मुख थुनेर जबरजस्ती गरे ।”
युवतीको आरोप छ कि अहिराजले उनलाई “पैसा र पावर भएकोले मेरो विरुद्ध केही गर्न सक्दैनौ” भनेर डराएका थिए । उनीहरू १७ वर्षको उमेरदेखि एक अर्कालाई चिन्थे । बलात्कारपछि अहिराजले उनलाई “यो कुरा कसैलाई भने त तिम्रो विवाह हुनेछैन” भनेर धम्की पनि दिएका थिए ।
अहिराज २०७७ फागुनमा मधेस प्रदेशका प्रमुख बनेका थिए । उनी पीडित परिवारसँग परिचित थिए र काठमाडौँ आउँदा उनीहरूको घरमै बस्ने गर्थे ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend