बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

१९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै

१९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै

40
Shares
40
Shares

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् ।

पहिलो खेल बंगलादेश र भारत बिच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ भने दोस्रो खेल घरेलु टोली नेपालले दिउँसो ३ बजे भुटानसँग खेल्ने छ ।

नेपाल र भुटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा हुनेछन् । फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ । बंगलादेश र भारतले भने एक÷एक खेल जितेर समान तीन अकं जोडेका छन् ।

प्रतियोगितामा यस पटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend