बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रूख चिन्हमा मतदान गर्न जनसम्पर्क समिति अमेरिकाको अपिल र आह्वान

रूख चिन्हमा मतदान गर्न जनसम्पर्क समिति अमेरिकाको अपिल र आह्वान

215
Shares
215
Shares

न्यु योर्क। आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रका आम मतदाताहरूलाई संविधान, व्यवस्था र देश जोगाउनका लागि रूख चिन्हमा मतदान गरी नेपाली काँग्रेसका उम्मेदवारहरूलाई जिताउन नेपाली जनसम्पर्क समिति अमेरिकाका महामन्त्री मुनिन्द्र नेम्बाङले विज्ञप्तिमा मार्फत हार्दिक अपिल गरेका छन ।

भष्ट्रचारको अन्त्य गर्दै, सुशासन, विकास र कानुनी राज्यको स्थापनाको लागि मुलुकले काँग्रेसको नेतृत्व खोजेको विज्ञप्तिमा उल्लेख गर्दै , महामन्त्री नेम्बाङले मुलुकको स्थायित्व, लोकतन्त्रको रक्षाका साथै देशमा सामाजिक सदभाव र राष्ट्रिय एकता कायम राख्नको लागि पनि काँग्रेसले देशको नेतृत्व गर्नुपर्ने विज्ञप्तिमा मार्फत उल्लेख गरेको छ ।

जेनजीको आन्दोलन पछि बदलिएको काँग्रेसले मुलुकलाई बदल्नका लागि पार्टीको तर्फबाट नवनिर्वाचित सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको हुंदा प्रतिनिधिसभामा प्राप्त हुने एक–एक सिट निर्णायक हुने कुरा विज्ञप्तिमा उल्लेख गर्दै, त्यो एक सिटको लागि एक मत झनै महत्वपुर्ण हुने भएकोले प्रत्येक निर्वाचन क्षेत्रका मतदाताहरूलाई रूख चिन्हमा मतदान गरी नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजय गराउन महामन्त्री नेम्बाङले विज्ञप्ति मार्फत मतदाताहरूलाई हार्दिक अपिल गरेको छ ।

प्रवासमा बस्ने नेपालीहरू र विश्वभरका जनसम्पर्क समितिमा आबद्ध नेता तथा सदस्य साथीहरूलाई आफ्नै क्षेत्रका मतदाताहरूसँग प्रत्येक दिन सम्पर्क गरेर रूख चिन्हमा मतदान गर्न प्रेरित गर्दै,पार्टी सभापति गगन कुमार थापालाई मुलुकको प्रधानमन्त्री बनाउने र देशकै नेतृत्व काँग्रेसले लिने यस महान् अभियानमा सक्रियताका साथ जुट्नका लागि समितिका महामन्त्री मुनिन्द्र नेम्बाङले विज्ञप्तिमा मार्फत हार्दिक आह्वान गरेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend