बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

वासुशशी स्मृति परिषद्को अध्यक्षमा कालीप्रसाद रिजाल

वासुशशी स्मृति परिषद्को अध्यक्षमा कालीप्रसाद रिजाल

160
Shares
160
Shares

काठमाडौँ । वासु शशी स्मृति परिषद्को आज सम्पन्न साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्‍यो ।

परिषद्की कार्यवाहक अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा आयोजित सो साधारण सभाले अध्यक्षमा कालीप्रसाद रिजाल, उपाध्यक्षमा श्रीओम श्रेष्ठ “रोदन”, सदस्य-सचिवमा प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान र सदस्यहरूमा क्रमशः ध्रुव मधिकर्मी, यादव भट्टराई र नीना जोशी चयन गर्‍यो ।

यसै गरी परिषद्को संरक्षकमा श्रीमती जुलुम बैद्य र सल्लाहकारहरूमा यादव खरेल र राधेश्याम लेकाली रहनु भएको छ । परिषद्ले गत २०८२ जेठ १८ गते दिवङ्गत परिषद्का अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको शोक प्रस्ताव पारित गर्‍यो भने यसै वर्षदेखि “वासु शशी स्रष्टा पुरस्कार”को पनि स्थापना गर्ने निर्णय गर्‍यो ।

साधारण सभामा प्रशासनिक र आर्थिक प्रतिवेदन प्रस्ताव, छलफल र पारित गरिएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend