बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

डा. डीआर उपाध्यायलाई दोहोरो सम्मान: प्रतिभाश्री अवार्डसँगै पाए नवौं मानार्थ विद्यावारिधी

डा. डीआर उपाध्यायलाई दोहोरो सम्मान: प्रतिभाश्री अवार्डसँगै पाए नवौं मानार्थ विद्यावारिधी

56
Shares
56
Shares

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई प्रतिभाश्री अवार्ड प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई उक्त अवार्ड प्रदान गरिएको हो । त्यहाँका सांसद र विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा उक्त अवार्ड प्रदान गरिएको थियो ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मुल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिएको थियो।

यस्तै, डा. उपाध्यायलाई हालै युरोपको आइआइइचएसआर विश्वविद्यालयले विद्यावारिधी प्रदान गरेको छ। डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । विश्व विद्यालयका प्रतिनिधि जेम्स केरी र अन्य प्रतिष्ठित अतिथिहरूले डा. उपाध्यायलाई उक्त मानार्थ विद्यावारिधी प्रदान गर्नुभएको थियो ।

समाजशास्त्रमा सन् २००० मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न आठ विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन्। यो उहाँको नवौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि आठ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मुल्याङ्कन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो। डा. उपाध्यायले गीत सङ्गीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन्। दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन्। उहाँको पछिल्लो उपन्यास ‘आशक्ति’ रहेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend