बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

स्रष्टा ठाकुर शर्मा भण्डारीको नयाँ कविताकृति ‘नवनी’ लोकार्पित

स्रष्टा ठाकुर शर्मा भण्डारीको नयाँ कविताकृति ‘नवनी’ लोकार्पित

105
Shares
105
Shares

काठमाडौँ। साहित्यकार तथा समालोचक ठाकुर शर्मा भण्डारीको नवीनतम कविताकृति ‘नवनी’ को एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ। काठमाडौँको धुम्बाराहीस्थित भण्डारी निवासमा आयोजित कार्यक्रममा साहित्यकार एवं साहित्यिक पत्रकार रोचक घिमिरे प्रमुख अतिथि रहनुभएको थियो भने प्राज्ञ प्राध्यापक दिनेशराज पन्त ले सभापतित्व गर्नुभएको थियो।
झण्डै तीन दर्जन कृति प्रकाशित गरिसकेका भण्डारीको ‘नवनी’ कृतिलाई उपस्थित ५० भन्दा बढी साहित्यकारहरूले एकसाथ लोकार्पण गरेका थिए।

लोकार्पित कृतिका बारेमा बोल्दै समालोचक गोपी मैनालीले ‘नवनी’ मा छन्दोबद्ध र छन्दमुक्त दुवैथरी कविताहरू सङ्ग्रहित भएको जानकारी दिए। उनका अनुसार कविताहरूमा समाज, राष्ट्रप्रेम, राष्ट्रिय अखण्डता, जीवन र मानवीय विकृतिविसङ्गति लगायतका विविध विषयवस्तु समेटिएका छन्।

प्रमुख अतिथि घिमिरेले कृतिकार शर्मालाई नेपाली साहित्यका सरल, शालीन र साधनाशील स्रष्टाका रूपमा चिनेको बताउनुभयो। तिहारको पहिलो दिन आयोजित यस पारिवारिक कार्यक्रमको संयोजन र सञ्चालन दायित्व वाङ्मय प्रतिष्ठानका महासचिव यादव भट्टराईले गर्नुभएको थियो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend