बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

पुरु भण्डारी र विनीता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक

पुरु भण्डारी र विनीता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक

126
Shares
126
Shares

काठमाण्डौं । नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ गीत ‘छुट्टै संसार’ सार्वजनिक भएको छ। बदल थापाको स्वरमा सजिएको यस गीतले प्रेम र सम्बन्धको भावनात्मक पक्षलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको छ।

गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना रहेको छ भने सङ्गीत पनि तिखत्री कै रहेको छ । गीतको सङ्गीत संयोजन विशाल निरौलाले गरेका छन्। रञ्जन राईको मिक्सिङ र मास्टरिङ रहेको उक्त गीत अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको अडियो तथा भिडियो सार्वजनिक अधिकार ‘मुकेश सुवेदी अफिसियल’ युट्युब च्यानलमा रहेको छ।

गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ। भिडियोमा पुरु भण्डारी, विनीता दाहाल र दिनेश कठायत काजी ले अभिनय गरेका छन्। भिडियोलाई टेकराज अछामीले निर्देशन गरेका हुन भने उमेश बहादुर शाहले छायांकन गरेका छन् । पदम सुवेदीको सम्पादन र रङ संयोजनले भिडियोलाई थप आकर्षक बनाएको छ ।
भिडियोको पोस्टर डिजाइन सुवास शाह र लक्ष्मण चौहानले गरेका छन् भने भिडियोको निर्माण मुकेश सुवेदीले गरेका हुन्।

गीतले युवा पुस्ताको प्रेम, टुटन र छुट्टिएको सम्बन्धलाई समेट्ने प्रयास गरेको छ। भिडियोको सम्पूर्ण पक्षले गीतको भावलाई सजीव बनाएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

‘छुट्टै संसार’ नेपाली गीतसंगीत प्रेमीहरूका लागि नयाँ स्वाद हो, जसले भावनात्मक कथावस्तु र प्राविधिक पक्ष दुवैमा सशक्त उपस्थिति देखाएको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend