रौतहट । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ ।मुठवलबा गेट नजिकै मृत भेटिएकी महिलाको शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीय रुवी शाह सुडीको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए ।
माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । तर, उनी चार वर्षीय छोरा पढाउन गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन् ।
सुटकेसमा कुहिनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिहरेको छ ।
नाकबाट रगत बगेको तर, उनको शरीरमा कुनै चोट नदेखिएको डिएसपी कार्कीले बताए । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् । उनका श्रीमान् पनि भारतबाट नेपाल आएको डिएसपी कार्कीले जानकारी दिए ।
यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend