सोमबार, कार्तिक ३ २०८३

३ कार्तिक २०८३ , सोमबार | October 19, 2026 Monday

अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तालिका सार्वजनिक

अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तालिका सार्वजनिक

112
Shares
112
Shares

कोलोराडो, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आगामी कार्यकाल (२०२६–२०२८) को नयाँ कार्यकारिणी समिति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । अनेसास कोलोराडो शाखा निर्वाचन समिति, २०२६ ले दिएको जानकारीअनुसार आगामी अक्टोबर ३१, २०२६ मा विद्युतीय माध्यम (इमेल) मार्फत अनलाइन मतदान हुनेछ ।

निर्वाचन समितिका अनुसार अध्यक्ष (१), उपाध्यक्ष (१), महासचिव (१), सचिव (१), कोषाध्यक्ष (१) र सदस्य (४) गरी कुल ९ पदका लागि निर्वाचन हुन लागेको हो।

निर्वाचनसम्बन्धी मुख्य कार्यतालिका:
अक्टोबर ८: निर्वाचनसम्बन्धी सुचना प्रकाशन
अक्टोबर ९: मतदाता नामावली उपलब्ध गराउने
अक्टोबर १०: मतदाता नामावली प्रकाशन
अक्टोबर ११ (रातको ११:५९ बजेसम्म): नामावलीमा दाबी विरोध
अक्टोबर १२: अन्तिम मतदाता नामावली सार्वजनिक
अक्टोबर १९ (रातको ११:५९ बजेसम्म): उम्मेदवारी दर्ता (निर्धारित शुल्कसहित इमेलमार्फत)
अक्टोबर २१: उम्मेदवारको नामावली प्रकाशन
अक्टोबर २२: उम्मेदवारी फिर्ता लिने समय
अक्टोबर २३: उम्मेदवारीमाथि दाबी विरोध
अक्टोबर २४: उम्मेदवारको अन्तिम नामावली प्रकाशन
अक्टोबर ३१ (बिहान १२:०० देखि रातको ११:५९ सम्म): मतदान (इमेलमार्फत २४ घण्टा खुला)
नोभेम्बर १: निर्वाचन परिणाम घोषणा

इच्छुक तथा योग्य उम्मेदवारहरूले अक्टोबर १९ तारिखको रात ११:५९ बजेभित्र तोकिएको उम्मेदवारी फाराम भरी दर्ता शुल्कको प्रमाणसहित निर्वाचन आयोगको इमेल (`inlscoelection2026@gmail.com`) मा पठाउनुपर्नेछ। मतदान प्रक्रिया पूर्ण रूपमा गोप्य रहने र इमेलमार्फत मत सङ्कलन गरिने निर्वाचन समितिले जनाएको छ।

अनेसास कोलोराडो शाखाको निर्वाचनलाई निष्पक्ष, पारदर्शी र अनुशासित रूपमा सम्पन्न गराउन प्रमुख निर्वाचन आयुक्त भूषणलाल श्रेष्ठ तथा निर्वाचन आयुक्तद्वय डा. शारदा काफ्ले त्रिपाठी र डा. आनन्द पौडेलले सबै सदस्य तथा शुभेच्छुकहरूसँग सहयोगको अपिल गर्नुभएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend