काठमाडौं । स्पाइकर्सले काजाखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ। यो टोलीले अनुबन्ध गर्ने दोस्रो विदेशी खेलाडी हुन् अलेना। उनी २९ वर्षीया अपोजिट हिटर हुन् र उनले काजाखस्तान र अन्तर्राष्ट्रिय लिगहरूमा खेलिसकेकी छिन् ।
काठमाडौं स्पाइकर्सले अझै एक विदेशी खेलाडी घोषणा गर्न बाँकी छ। यसअघि उनीहरूले बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई समेत राखिसकेका छन् । एभरेष्ट महिला भलिबल लिग (IWVL) सेप्टेम्बर ५–१३ सम्म पोखरामा हुनेछ। काठमाडौं स्पाइकर्सले यसपटक लोक बहादुर बुढालाई प्रशिक्षक बनाएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend