शुक्रबार, असोज ३० २०८३

३० असोज २०८३ , शुक्रबार | October 17, 2026 Saturday

सोनिका पौडेल MGCY को हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक नियुक्त

सोनिका पौडेल MGCY को हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक नियुक्त

65
Shares
65
Shares

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घमा बालबालिका तथा युवाहरूको प्रमुख सरोकारवाला समूह (MGCY) अन्तर्गत ‘पर्वतीय समुदाय तथा पारिस्थितिक प्रणाली युवा कार्यदल’ औपचारिक रूपमा स्थापना गरिएको छ।

कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा ग्लोबल फोकल पोइन्टमा नेपाली युवा सोनिका पौडेल नियुक्त भएकी छन्। उनको नियुक्तिलाई सार्क युवा मञ्च (SYP) को समर्थनपछि MGCY सचिवालय बैठकले अनुमोदन गरेको जनाइएको छ।

भर्जिनिया टेकमा कृषि तथा प्रसार शिक्षा विषयमा विद्यावारिधि अध्ययनरत पौडेलले हिमाली क्षेत्रमा जलवायु संकट, विपद् जोखिम न्यूनीकरण, जलवायु न्याय तथा हिमाली युवाको अन्तर्राष्ट्रिय नीतिगत सहभागिताका विषयमा काम गर्ने बताइएको छ।

कार्यदलको औपचारिक शुभारम्भका लागि अक्टोबर ९ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा UNGA-81 को तेस्रो समिति (SOCHUM) को सन्दर्भमा विशेष कार्यक्रम आयोजना हुने जनाइएको छ। कार्यक्रममा हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम, बाढी तथा पहिरोका विषयमा छलफल गरिनेछ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend