सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

नेपाली सेनाको टोलीसहित सुरुङमार्गमा उद्धार प्रयास जारी: ज्ञानेन्द्र शाही

नेपाली सेनाको टोलीसहित सुरुङमार्गमा उद्धार प्रयास जारी: ज्ञानेन्द्र शाही

42
Shares
42
Shares

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सुरुङमार्गमा जारी उद्धार कार्यबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै आशा रहुन्जेल उद्धार प्रयास नरोकिने बताएका छन्।

सुरुङ दुर्घटनामा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि आज बिहानै नेपाली सेनाको त्रिशूली ब्यारेक पुगेका शाहीले कठिन भूगोल र हिमाल उद्धारमा अनुभव प्राप्त दक्ष रेस्क्यु टोलीलाई सेना तथा सम्बन्धित निकायसँगको समन्वयमा घटनास्थलतर्फ अगाडि बढाइएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्:
“आशा रहुन्जेल उद्धार प्रयास रोकिने छैन। त्यसैले आज बिहानै हामी नेपाली सेनाको त्रिशूली ब्यारेकमा पुगेका छौँ। हिमाल, कठिन भूगोल तथा सुरुङ उद्धारमा अनुभव भएका दक्ष रेस्क्यु टोलीलाई नेपाली सेनाको सहकार्यमा सम्बन्धित निकायसँग समन्वय गर्दै सुरुङमार्गमा उद्धारका लागि निरन्तर अगाडि बढाइरहेका छौँ। एउटा जीवन बचाउन सकिन्छ कि भन्ने आशाका साथ अन्तिमसम्म प्रयास गर्नेछौँ।”

सांसद शाहीले पीडित परिवारजनलाई धैर्य धारण गर्न आग्रह गर्दै सम्पूर्ण टोली साथमा रहेको प्रतिबद्धता जनाएका छन्। साथै, पीडित परिवारको आशा र भरोसा अझ बलियो बनाउनका लागि यो सूचना धेरैभन्दा धेरै ठाउँमा सेयर गरेर सहयोग गरिदिन पनि उनले सबैलाई अपिल गरेका छन्।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend