जनकपुरधाम– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्ला गरी १७४ जना नागरिक सम्पर्कविहीन भएका छन् । मधेश प्रदेश प्रहरीका अनुसार, ८ वटै जिल्लामा बेपत्ता भएकाहरूमध्ये हालसम्म २३ जना सम्पर्कमा आएका वा उद्धार गरिएका छन् ।
जिल्लागत विवरण हेर्दा सप्तरीमा सबैभन्दा धेरै ४८ जना, पर्सा ३९, बारा २३, रौतहट १७, महोत्तरी १७, सर्लाही १०, सिरहा १० र धनुषामा ५ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख ओमप्रसाद अधिकारीका अनुसार फोन तथा अन्य सञ्चारमाध्यमबाट शनिवार बिहानसम्म यो तथ्यांक संकलन गरिएको हो । नामावली संकलनको प्रक्रिया जारी रहेकाले बेपत्ताको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend